Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, उदयपुर

इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, उदयपुर

इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

वंशजको आधारमा नागरिकता

लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन ।

शुल्क

रु.१०।- को हुलाक टिकट ।

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी डिल्ली बहादुर मंग्राती
नागरिक वडापत्रको प्रकार नागरिकता सम्बन्धी
१. सम्बन्धित वडा कार्यालयबाट फोटोसमेत प्रमाणित गरिएको नेपाल नागरिकता नियमावली, २०६३ कोे अनुसूची–१ को आवेदन फाराम ।

२. बाबु, आमा वा आफ्नो वंशजका तीन पुस्ताभित्रका नातेदारको नागरिकताको प्रमाण पत्र ।

३. निवेदकको जन्म दर्ता प्रमाणपत्र ।

४. शैक्षिक योग्यताको प्रमाण पत्र ।

५. सनाखतको लागि एकाघरका अभिभावक र सम्बन्धित वडा कार्यालयको सनाखत सिफारिस पत्र ।

६. निवेदकको बाबु र आमाको विवाह दर्ता प्रमाणपत्र । व्यक्तिगत घटना दर्ता लागू नहुँदै विवाह भएको भए विवाह प्रमाणित पत्र ।

७. स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालसालै खिचिएको २.५ से.मि.*३ से.मि. साइजको स्तरीय फोटो २ प्रति (रातो background नभएको) ।

८. विवाहित महिलाको हकमा पतिको नागरिकताको प्रमाणपत्र र विवाह दर्ताको प्रमाण पत्र, घरपट्टिको एकाघर  परिवार सदस्यको सनाखत (पति, सासू, ससुरा, देवर वा जेठाजु) र निजको नागरिकताको प्रमाणपत्र, माईतीपट्टिको परिवारको सदस्यको (बाबु/आमा) नागरिकताको प्रमाण पत्र  ।

९. बसाइ सराइको हकमा बसाइ सराइ दर्ताको प्रमाण पत्र, जग्गाधनी पूर्जा प्रमाण पत्र, नक्सा पासको प्रमाण, मतदाता परिचय पत्र, पानी, बिजुली, टेलिफोन महशुल कार्ड आदिको प्रमाण ।

१०. व्यक्तिगत घटना दर्ता लागू नहुँदै जन्म भएको व्यक्तिको नागरिकता बनाउनुपर्ने भएमा सम्बन्धित वडा कार्यालयबाट जारी जन्म प्रमाणीकरण । व्यक्तिगत घटना दर्ता लागू नहुँदै बसाइ-सराइ गर्ने व्यक्तिको हकमा स्थायी वसोवास प्रमाणित पत्र ।

११. नाता प्रमाणित प्रमाण पत्र (आवश्यक देखिएमा) ।

१२. स्थलगत प्रहरी सर्जमिन ( आवश्यक देखिएमा) ।

१३. निवेदकको आमा, बाबु र पतिबाहेक परिवारको अन्य कोही व्यक्तिले सनाखत गर्नुपर्ने भएमा सो व्यक्तिसँग निवेदकको नाता खुल्ने गरी सम्बन्धित वडा कार्यालयले गरिदिएको नाता प्रमाणित प्रमाणपत्र ।

१४. आमा/बाबु/पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र । व्यक्तिगत घटना दर्ता लागू हुनु अगावै मृत्यु भएको भए मृत्यु मिति खुलेको मृत्यु प्रमाणित पत्र ।
2

नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा स्थायी वसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा (वंशज)

लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन ।

शुल्क

रु.१०।- को हुलाक टिकट ।

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी डिल्ली बहादुर मंग्राती
नागरिक वडापत्रको प्रकार नागरिकता सम्बन्धी

सम्बन्धित वडा कार्यालयबाट फोटोसमेत प्रमाणित गरिएको नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची-१ को आवेदन फाराम ।
आमाको नेपाली नागरिकताको प्रमाण पत्र; मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण पत्र ।
नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची-४क. बमोजिमको स्वघोषणा (निवेदकले) र  नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची-४ख. बमोजिमको स्वघोषणा (आमाले) ।
निवेदकको सक्‍कल जन्म दर्ताको प्रमाण पत्र ।
स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालसालै खिचिएको २.५ से.मि.*३ से.मि. साइजको स्तरीय फोटो २ प्रति (रातो background नभएको) ।
आमाको सनाखत सिफारिस पत्र ।
शैक्षिक योग्यताको प्रमाण पत्र ।
आमा र सन्तानको फोटोसहितको नाता प्रमाणित प्रमाण पत्र ।
बसाइ-सराइ गर्नेहरूको हकमा बसाइ–सराइ दर्ता प्रमाण पत्र र जग्गाधनी लालपुर्जा/विद्युत/खानेपानी/भूमिहीन निस्सा ।
निवेदकको जन्म नेपालमा भई नेपालमा नै स्थायी वसोवास गर्दै आएको र निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको सम्बन्धित वडा कार्यालयको किटानी सिफारिस ।
निवेदकको आमाको होस ठेगान नरहेकोमा स्वीकृत चिकित्सकले गरेको सिफारिस ।
सम्बन्धित वडा कार्य समितिको बैठकको निर्णय । ("निजको बाबुको पहिचान नभएको निजको जन्म नेपाल मै भई नेपाल मै स्थायी वसोवास रहको हुँदा निजलाई नागरिकता प्रमाणपत्र उपलब्ध गराइदिन सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयलाई अनुरोध गर्ने" व्यहोराको निर्णय) ।
वडा सर्जमिन मुचुल्का ।
प्रहरी सर्जमिन मुचुल्का ।
3

पितृत्व र मातृत्वको ठेगान नभएको व्यक्तिलाई दिइने नेपाली नागरिकता प्रमाणपत्र (वंशज)

लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन ।

शुल्क

रु.१०।- को हुलाक टिकट ।

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी डिल्ली बहादुर मंग्राती
नागरिक वडापत्रको प्रकार नागरिकता सम्बन्धी
१. सम्बन्धित वडा कार्यालयबाट फोटोसमेत प्रमाणित गरिएको नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची–१ को आवेदन फाराम ।

२. निवेदकको जन्‍म दर्ता प्रमाणपत्र ।

३. निजको बाबु र आमाको पहिचान नभएको, र निजलाई कोही व्यक्ति विशेषले (संरक्षक) पालनपोषण गरेको वा बालमन्दिर वा यस्तै प्रकृतिका अनाथ बालबालिका संरक्षण गर्न नेपाल सरकारबाट स्वीकृति प्राप्त संघ संस्था वा अनाथालयको संरक्षणमा हुर्के बढेको व्यहोराको सम्बन्धित वडा कार्यालयको किटानी सिफारिस पत्र ।

४. कुनै व्यक्ति विशेषले पालनपोषण गरेको भए सो व्यक्तिको (संरक्षक) नागरिकता प्रमाणपत्र ।

५. सम्बन्धित वडा कार्यालयको संरक्षकको सनाखत सिफारिस पत्र ।

६. बालमन्दिर वा यस्तै प्रकृतिका अनाथ बालबालिका संरक्षण गर्न नेपाल सरकारबाट स्वीकृति प्राप्त संघ संस्था वा अनाथालयको संरक्षणमा हुर्के बढेको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत गराइएको सिफारिस पत्र ।

७. निवेदकको शैक्षिक योग्यताको प्रमाणपत्र ।

८. स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालसालै खिचिएको २.५ से.मि.*३ से.मि. साइजको स्तरीय फोटो ४ प्रति (रातो background नभएको) ।

९. सम्बन्धित वडा कार्य समितिको बैठकको निर्णय ।

१०.वडा सर्जमिन मुचुल्का ।

९. स्थलगत प्रहरी सर्जमिन ।
4

वैवाहिक अङ्गिकृत नेपाली नागरिकता

लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन ।

शुल्क

रु.१०।- को हुलाक टिकट ।

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी डिल्ली बहादुर मंग्राती
नागरिक वडापत्रको प्रकार नागरिकता सम्बन्धी
१. सम्बन्धित वडा कार्यालयबाट फोटोसमेत प्रमाणित गरिएको नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची–७ को आवेदन फाराम ।

२. विदेशी मुलुकमा दर्ता गरिएको जन्म दर्ता प्रमाणपत्र ।

३. पतिको नेपाली नागरिकताको प्रमाणपत्र ।

४. विवाह दर्ता प्रमाणपत्र ।

३. निज महिलाको बाबु/आमाको विदेशी नागरिकता प्रमाणपत्र ।

४. विदेशी नागरिकता त्याग गर्ने कारवाही चलाएको निस्सा ।

५. सम्बन्धित वडा कार्यालयबाट जारी पतिको सनाखत सिफारिस पत्र ।

६. निवेदिकाको पति उपस्थित भई सनाखत गर्न सम्भव नभएमा निज निवेदिकाको सासू/ससुरा/देवर/जेठाजु वा घरपट्टिका तीन पुस्ता भित्रको व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्र र खनाखत ।

७. स्पष्ट मुखाकृति (दुवै कान) देखिने हालसालै खिचिएको २.५ से.मि.*३ से.मि. साइजको स्तरीय फोटो २ प्रति (रातो दबअपनचयगलम नभएको) ।

८. स्थलगत प्रहरी सर्जमिन (आवश्यक देखिएमा)
5

प्रतिलिपि नागरिकता

लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन ।

शुल्क

रु.१३।- को हुलाक टिकट (आवेदन फाराममा ) ।

रु.१०।- को हुलाक टिकट (निवेदकले लेखेको निवेदनमा) । 

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी डिल्ली बहादुर मंग्राती
नागरिक वडापत्रको प्रकार नागरिकता सम्बन्धी
१. सम्बन्धित वडा कार्यालयबाट फोटोसमेत प्रमाणित गरी नेपाल नागरिकता नियमावली, २०६३ बमोजिम तोकिएको ढाँचामा सिफारिस गरिएको प्रतिलिपि नागरिकताको आवेदन फाराम । 

२. यदि सक्कल नागरिकता नागरिकता जलेको, च्यातिएको, झुत्रो भएको, विवरण मेटिएको, फोटो मेटिएको वा बिग्रिएको भए सोही अवस्थामा रहेको सक्कल नागरिकता प्रमाणपत्र ।

३. यदि सक्कल नागरिकता नागरिकता हराएको भए सोको छायाँप्रति । छायाँप्रतिसमेत उपलब्ध नभएमा निवेदकको विवरण खुल्ने आधिकारिक कागजात जस्तै: जग्‍गा धनी प्रमाण पुर्जा, मतदाता परिचय पत्र, विवाह दर्ता प्रमाणपत्र, बसाइ-सराइ दर्ता प्रमाणपत्र, शैक्षिक योग्यताको  प्रमाणपत्र वा अन्य आधिकारिक कागजात ।

४. नागरिकताको प्रतिलिपि उपलब्ध गराइदिने कारणसहित सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, र निवेदकद्वारा उल्लिखित निवेदनसमेत । (सक्‍कल नागरिकता हराएको र आगलागी भई जली नष्‍ट भएको अवस्थामा मात्र) 

५. स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालसालै खिचिएको २.५ से.मि.*३ से.मि. साइजको स्तरीय फोटो २ प्रति। (रातो background नभएको)

७. कर्मचारीको नाताले/कर्मचारी परिवारको नाताले प्रतिलिपि लिनुपर्ने भए सो कर्मचारी कार्यरत कार्यालयको सिफारिस पत्र ।

६. आवश्यकता अनुसार थप कागजात ।
6

कर्मचारी परिवारको नाताले नयाँ नागरिकता

लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन ।

शुल्क

रु.१०।- को हुलाक टिकट ।

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी डिल्ली बहादुर मंग्राती
नागरिक वडापत्रको प्रकार नागरिकता सम्बन्धी
१. कर्मचारी कार्यरत कार्यालय भवन अवस्थित रहेको वडा कार्यालयबाट फोटो प्रमाणितसहितको अनुसूची-१ (वंशज) र अनुसूची-७ (वैवाहिक अङ्गिकृत) आवेदन फाराम ।

२. कर्मचारी कार्यरत रहेको कार्यालयको सिफारिस पत्र ।

३. कर्मचारी परिचय पत्र ।

४. बाबु/आमाको ना.प्र.प. ।

५. जन्म दर्ता प्रमाणपत्र ।

६. शैक्षिक प्रमाणपत्र ।

७. विवाहित महिला भए विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र ।

८. अनुसूची-१/अनुसूची-७ फाराममा टाँस भए अनुसारको फोटो २ प्रति ।

९. आवश्यकता अनुसार अन्य कागजात ।
7

पतिको नाम थर, वतन कायम गरी नागरिकता प्रमाणपत्रको प्रतिलिपि

लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन ।

शुल्क

रु.१३।- को हुलाक टिकट (प्रतिलिपि नागरिकता आवेदन फाराममा) ।

रु.१०।- को हुलाक टिकट (निवेदिकाद्वारा लिखित निवेदनमा) ।

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी डिल्ली बहादुर मंग्राती
नागरिक वडापत्रको प्रकार नागरिकता सम्बन्धी
१. तोकिएको ढाँचामा फोटो प्रमाणितसहितको प्रतिलिपि नागरिकताको आवेदन फाराम ।
२. सक्कल नेपाली नागरिकताको प्रमाणपत्र ।
३. पतिको ना.प्र.प. ।
४. विवाह दर्ता प्रमाण पत्र ।
५. पतिको सनाखत, पति नभए एकाघरका नातेदारको सनाखत ।

६. पतिको नाम थर, वतन कायम गरी संशोधनसहितको नागरिकता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराइदिने व्यहोराको सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।

७. पतिको नाम थर, वतन कायम गरी संशोधनसहितको नागरिकता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराइदिने व्यहोराको निवेदिकाद्वारा लिखित निवेदन ।
8

नाबालक परिचय पत्र

लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन ।

शुल्क

रु.१०।- को हुलाक टिकट ।

प्रतिलिपिको हकमा रु.१३।- को हुलाक टिकट ।

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी डिल्ली बहादुर मंग्राती
नागरिक वडापत्रको प्रकार नाबालक परिचय पत्र
१. सम्बन्धित वडा कार्यालयबाट नाबालकको फोटो प्रमाणितसहितको रितपूर्वक भरिएको निवेदन सिफारिश ।
२. नाबालकको जन्म दर्ता प्रमाणपत्र ।
३. बुवा र आमाको नागरिकताको प्रमाणपत्र ।
४. बच्चाको शैक्षिक योग्यताको प्रमाणपत्र भए सोसमेत ।
५. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो ।

६. नाबालक परिचय पत्र उपलब्ध गराइदिन सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।

६. फोटोसहितको नाता प्रमाणित प्रमाणपत्र ।
७. विदेशमा जन्म भएको भए सो मुलुकबाट जारी भएको जन्म प्रमाणपत्र ।

८. नाबालकको आमा बाबुको विवाह दर्ता प्रमाणपत्र ।
९. बसाइ-सराइ गरी आएको भए बसाइ-सराइ दर्ता प्रमाणपत्र ।

१०. कर्मचारी परिवारको नाताले भए सो कर्मचारीको कर्मचारी परिचय पत्र र कर्मचारी कार्यरत कार्यालयको सिफारिस पत्र ।
* बाहिरी जिल्लाबाट जारी भएको नागरिकताको अभिलेख बुझिनेछ ।
* दरखास्त दिन आउँदा पेश गरेको सम्पूर्ण कागजातहरूको सक्कल प्रति र छायाँप्रतिसमेत लिई आउनुपर्नेछ ।

* नाबालक परिचय पत्र जारी गर्ने जिल्ला/इलाका प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नाबालक परिचय पत्रको प्रतिलिपि दिइनेछ ।
9

समावेशी समूह प्रमाणित

लाग्ने समय

तुरुन्तै ।

शुल्क

रु.१०।- को हुलाक टिकट ।

जिम्मेवार कर्मचारी/शाखा प्रशासन शाखा
गुनासो सुन्ने अधिकारी डिल्ली बहादुर मंग्राती
नागरिक वडापत्रको प्रकार प्रमाणित/सिफारिस सम्बन्धी
१. निवेदन ।

२. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।

३. निवेदकको नेपाली नागरिकताको प्रमाणपत्र ।

४. सम्बन्धित कुनै संस्था भए सोको सिफारिस ।
10

नाम थर, जन्म मिति फरक परेको व्यहोरा सिफारिस

लाग्ने समय

प्रमाण पुगेमा सोही दिन ।

शुल्क

रु.१०।- को हुलाक टिकट ।

जिम्मेवार कर्मचारी/शाखा प्रशासन शाखा
गुनासो सुन्ने अधिकारी डिल्ली बहादुर मंग्राती
नागरिक वडापत्रको प्रकार प्रमाणित/सिफारिस सम्बन्धी
१. फरक परेको व्यहोरा र सिफारिस गर्नुपर्ने मनासिव कारण स्पष्ट रुपमा उल्लिखित निवेदन ।

२. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।

३. नेपाली नागरिकताको प्रमाणपत्र ।

४. कुन-कुन कागजातमा व्यहोरा फरक परेको हो, सो कागजातहरूको सक्‍कल र छायाँप्रतिसमेत ।

४. व्यहोरा थप पुष्‍टी गर्ने शैक्षिक योग्यताको प्रमाणपत्र, जन्म दर्ताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचय पत्र लगायतका आधिकारिक कागजात ।
11

पतिको नाम थर, वतन हटाई माईतीको थर र ठेगाना कायम गरी नागरिकता प्रमाणपत्रको प्रतिलिपि

लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन ।

शुल्क

रु.१३।- को हुलाक टिकट प्रतिलिपि नागरिकताको आवेदन फाराममा ।

रु.१०।- को हुलाक टिकट निवेदनमा ।

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी डिल्ली बहादुर मंग्राती
नागरिक वडापत्रको प्रकार नागरिकता सम्बन्धी
१. तोकिएको ढाँचामा फोटो प्रमाणितसहितको प्रतिलिपि नागरिकताको आवेदन फाराम ।
२. सक्कल नेपाली नागरिकताको प्रमाणपत्र ।
३. सम्बन्ध विच्‍छेद दर्ता प्रमाणपत्र ।
४. सम्बन्ध विच्‍छेदको अदालतको फैसला ।
५. माईतीपट्टिको बाबु र आमाको नागरिकताको प्रमाणपत्र ।

६. माईतीपट्टिको परिवारको एकजना सदस्यको (बुवा, आमा, दाजुभाइ, दिदीबहिनी वा वंशजको तीन पुस्ताभित्रका सदस्य) सनाखत र निजको नागरिकता प्रमाणपत्र ।

७. पतिको नाम थर, वतन हटाई माईतीको थर र ठेगाना कायम गरी संशोधनसहितको नागरिकता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराइदिने व्यहोराको सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।

८. व्यहोरा खुलाई निवेदिकाले लेखेको निवेदन ।
12

संघ संस्था नविकरण

लाग्ने समय

प्रक्रिया पूरा भएमा सोही दिन

शुल्क

नविकरण दस्तुर विवरण

* निवेदनमा रु.१०।- को हुलाक टिकट ।

१. संस्था दर्ताको प्रमाण पत्र १ आर्थिक वर्षसम्म वहाल रहन्छ ।

२. वहाल अवधि समाप्त भएको मितिले ३ महिनाभित्र रु.५००।- दस्तुर तिरी संस्था दर्ता प्रमाणपत्र नविकरण गराउनुपर्छ ।

१. वहाल अवधि समाप्त भएको मितिले ३ महिनाभित्र

रु.५००।-

२. वहाल अवधि समाप्त भएको मितिले ६ महिनाको म्यादसम्म रु.१००।- थप (जम्मा रु.६००।-)
३. वहाल अवधि समाप्त भएको मितिले ६ महिनाको म्यादसमेत नाघेमा आषाढ मसान्तसम्मको लागि रु.२५०।- थप (जम्मा रु.७५०।-)
४. बुँदा नं.३ मा उल्लेखित म्यादसमेत नाघेमा अर्को एक आर्थिक वर्षको लागि रु.५००।- को दरले दुई आर्थिक वर्षको लागि रु.१०००।- थप (जम्मा रु.२०००।-)
जिम्मेवार कर्मचारी/शाखा प्रशासन शाखा
गुनासो सुन्ने अधिकारी डिल्ली बहादुर मंग्राती
नागरिक वडापत्रको प्रकार संघ संस्था नविकरण
१. नविकरणका लागि संस्थाको लेटर प्याडमा इलाका प्रशासन कार्यालय, कटारी, उदयपुरलाई संबोधन गरी तोकिएको ढाचाँ अनुसारको निवेदन ।

२. संस्था नविकरण गरिदिन भनी सम्बन्धित स्थानीय निकायको सिफारिस पत्र ।

३. संस्था दर्ता प्रमाणपत्र र संस्थाको विधान ।

४. संस्थाको लेटरप्याडमा वर्तमान कार्यसमितिका पदाधिकारीहरूको प्रमाणित नामावली ।

५. कुल साधारण सदस्य संख्या खुलाएको नामावलीसहितको प्रमाणित विवरण र साधारणसभा/विशेष साधारण सभामा उपस्थित संख्याको विवरण ।  

६. पछिल्लो साधारण सभाको निर्णयको प्रतिलिपि । साथै संस्थाको कार्य समितिको निर्णयको प्रतिलिपि ।

७. विधान सम्मत साधारण सभाले चालु आ.व.को लागि लेखापरीक्षकको नियुक्ति, सम्बन्धित आ.व.को लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन, र कार्यसमितिको छनौट गरेको निर्णयको माइन्युटको अध्यक्ष र सचिवले प्रमाणित गरेको प्रलिलिपि र सम्बन्धित आ.व.को वार्षिक कार्य प्रगति विवरण (Annual Report) ।

८. संस्थाको पान (PAN) दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाण पत्र ।

९. लेखा परीक्षकको इजाजतपत्र, पान नं. र नविकरण पत्रसमेत ।

१०. वैदेशिक सहयोगको कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषद्‌को कार्यक्रम स्वीकृत पत्र र कार्यक्रम अनुगमनको प्रतिवेदन, स्थानीय तह/ प्रदेश सरकारको कार्यक्रम संचालन गरेको भएमा सम्बन्धित स्थानीय तह/ प्रदेशको स्थलगत अनुगमन प्रतिवेदन र कार्यसम्पादन प्रतिवेदन सहितको सिफारिस ।

११. वालगृह संचालन सम्बन्धी संस्था भए वालगृह श-शुल्क वा नि:शुल्क सञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमनसहितको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्बन्धित स्थानीय तहको सिफारिस । साथै जिल्ला वालकल्याण समितिको सिफारिस पत्र ।

१२. नियमानुसार नविकरण दस्तुर ।
13

शान्ति सुरक्षा

लाग्ने समय

सोही दिन ।

शुल्क

रु.१०।- को हुलाक टिकट ।

जिम्मेवार कर्मचारी/शाखा प्रशासन शाखा
गुनासो सुन्ने अधिकारी डिल्ली बहादुर मंग्राती
नागरिक वडापत्रको प्रकार शान्ति सुरक्षा सम्बन्धी
सम्बन्धित निवेदकको नागरिकता प्रमाणपत्र वा निजको पहिचान खुल्ने कागजात संलग्‍न गरी मनासिब व्यहोरा खुलेको निवेदन ।
14

अनियमितता वा भ्रष्‍टाचार सम्बन्धी उजुरी

लाग्ने समय

शीघ्र ।

शुल्क

रु.१०।- को हुलाक टिकट ।

जिम्मेवार कर्मचारी/शाखा प्रशासन शाखा
गुनासो सुन्ने अधिकारी डिल्ली बहादुर मंग्राती
नागरिक वडापत्रको प्रकार उजुरी, गुनासो सम्बन्धी

सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरी कुन निकाय वा संस्थामा, कसले के-कस्तो अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको भन्‍ने व्यहोरा खुलेको निवेदन ।
अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात ।


(नोट:- कटारी नगरपालिका (सबै वडा), उदयपुरगढी गाउँपालिका (वडा नं. १, २ र ३) र ताप्ली गाउँपालिका (वडा नं. १, २, ४ र ५) मा अवस्थित सरकारी कार्यालयहरू वा संस्थाहरूमा भएको अनियमितता/भ्रष्टाचार सम्बन्धी ।)
पछिल्लो अपडेट गरिएको : 2083-01-09 15:44:40

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर .