पतिको नाम थर, वतन कायम गरी नागरिकता प्रमाणपत्रको प्रतिलिपि
शुल्क
रु.१३।- को हुलाक टिकट (प्रतिलिपि नागरिकता आवेदन फाराममा) ।
रु.१०।- को हुलाक टिकट (निवेदिकाद्वारा लिखित निवेदनमा) ।
लाग्ने समय
प्रमाण पुगेमा पेश भएकै दिन ।
कागजातहरु
१. तोकिएको ढाँचामा फोटो प्रमाणितसहितको प्रतिलिपि नागरिकताको आवेदन फाराम ।
२. सक्कल नेपाली नागरिकताको प्रमाणपत्र ।
३. पतिको ना.प्र.प. ।
४. विवाह दर्ता प्रमाण पत्र ।
५. पतिको सनाखत, पति नभए एकाघरका नातेदारको सनाखत ।
६. पतिको नाम थर, वतन कायम गरी संशोधनसहितको नागरिकता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराइदिने व्यहोराको सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।
७. पतिको नाम थर, वतन कायम गरी संशोधनसहितको नागरिकता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराइदिने व्यहोराको निवेदिकाद्वारा लिखित निवेदन ।
