Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, उदयपुर

इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, उदयपुर

इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

वंशजको आधारमा नागरिकता

शुल्क

रु.१०।- को हुलाक टिकट ।



लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन ।

कागजातहरु

१. सम्बन्धित वडा कार्यालयबाट फोटोसमेत प्रमाणित गरिएको नेपाल नागरिकता नियमावली, २०६३ कोे अनुसूची–१ को आवेदन फाराम ।
२. बाबु, आमा वा आफ्नो वंशजका तीन पुस्ताभित्रका नातेदारको नागरिकताको प्रमाण पत्र ।
३. निवेदकको जन्म दर्ता प्रमाणपत्र ।
४. शैक्षिक योग्यताको प्रमाण पत्र ।
५. सनाखतको लागि एकाघरका अभिभावक र सम्बन्धित वडा कार्यालयको सनाखत सिफारिस पत्र ।
६. निवेदकको बाबु र आमाको विवाह दर्ता प्रमाणपत्र । व्यक्तिगत घटना दर्ता लागू नहुँदै विवाह भएको भए विवाह प्रमाणित पत्र ।
७. स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालसालै खिचिएको २.५ से.मि.*३ से.मि. साइजको स्तरीय फोटो २ प्रति (रातो background नभएको) ।
८. विवाहित महिलाको हकमा पतिको नागरिकताको प्रमाणपत्र र विवाह दर्ताको प्रमाण पत्र, घरपट्टिको एकाघर  परिवार सदस्यको सनाखत (पति, सासू, ससुरा, देवर वा जेठाजु) र निजको नागरिकताको प्रमाणपत्र, माईतीपट्टिको परिवारको सदस्यको (बाबु/आमा) नागरिकताको प्रमाण पत्र  ।
९. बसाइ सराइको हकमा बसाइ सराइ दर्ताको प्रमाण पत्र, जग्गाधनी पूर्जा प्रमाण पत्र, नक्सा पासको प्रमाण, मतदाता परिचय पत्र, पानी, बिजुली, टेलिफोन महशुल कार्ड आदिको प्रमाण ।
१०. व्यक्तिगत घटना दर्ता लागू नहुँदै जन्म भएको व्यक्तिको नागरिकता बनाउनुपर्ने भएमा सम्बन्धित वडा कार्यालयबाट जारी जन्म प्रमाणीकरण । व्यक्तिगत घटना दर्ता लागू नहुँदै बसाइ-सराइ गर्ने व्यक्तिको हकमा स्थायी वसोवास प्रमाणित पत्र ।
११. नाता प्रमाणित प्रमाण पत्र (आवश्यक देखिएमा) ।
१२. स्थलगत प्रहरी सर्जमिन ( आवश्यक देखिएमा) ।
१३. निवेदकको आमा, बाबु र पतिबाहेक परिवारको अन्य कोही व्यक्तिले सनाखत गर्नुपर्ने भएमा सो व्यक्तिसँग निवेदकको नाता खुल्ने गरी सम्बन्धित वडा कार्यालयले गरिदिएको नाता प्रमाणित प्रमाणपत्र ।
१४. आमा/बाबु/पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र । व्यक्तिगत घटना दर्ता लागू हुनु अगावै मृत्यु भएको भए मृत्यु मिति खुलेको मृत्यु प्रमाणित पत्र ।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता शाखा

गुनासो सुन्ने अधिकारी
डिल्ली बहादुर मंग्राती
पछिल्लो अपडेट गरिएको : 2083-03-09 09:54:33

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर .