Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, उदयपुर

इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, उदयपुर

इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

संघ संस्था नविकरण

शुल्क

नविकरण दस्तुर विवरण

* निवेदनमा रु.१०।- को हुलाक टिकट ।

१. संस्था दर्ताको प्रमाण पत्र १ आर्थिक वर्षसम्म वहाल रहन्छ ।

२. वहाल अवधि समाप्त भएको मितिले ३ महिनाभित्र रु.५००।- दस्तुर तिरी संस्था दर्ता प्रमाणपत्र नविकरण गराउनुपर्छ ।

१. वहाल अवधि समाप्त भएको मितिले ३ महिनाभित्र

रु.५००।-

२. वहाल अवधि समाप्त भएको मितिले ६ महिनाको म्यादसम्म रु.१००।- थप (जम्मा रु.६००।-)
३. वहाल अवधि समाप्त भएको मितिले ६ महिनाको म्यादसमेत नाघेमा आषाढ मसान्तसम्मको लागि रु.२५०।- थप (जम्मा रु.७५०।-)
४. बुँदा नं.३ मा उल्लेखित म्यादसमेत नाघेमा अर्को एक आर्थिक वर्षको लागि रु.५००।- को दरले दुई आर्थिक वर्षको लागि रु.१०००।- थप (जम्मा रु.२०००।-)


लाग्ने समय

प्रक्रिया पूरा भएमा सोही दिन

कागजातहरु

१. नविकरणका लागि संस्थाको लेटर प्याडमा इलाका प्रशासन कार्यालय, कटारी, उदयपुरलाई संबोधन गरी तोकिएको ढाचाँ अनुसारको निवेदन ।

२. संस्था नविकरण गरिदिन भनी सम्बन्धित स्थानीय निकायको सिफारिस पत्र ।

३. संस्था दर्ता प्रमाणपत्र र संस्थाको विधान ।

४. संस्थाको लेटरप्याडमा वर्तमान कार्यसमितिका पदाधिकारीहरूको प्रमाणित नामावली ।

५. कुल साधारण सदस्य संख्या खुलाएको नामावलीसहितको प्रमाणित विवरण र साधारणसभा/विशेष साधारण सभामा उपस्थित संख्याको विवरण ।  

६. पछिल्लो साधारण सभाको निर्णयको प्रतिलिपि । साथै संस्थाको कार्य समितिको निर्णयको प्रतिलिपि ।

७. विधान सम्मत साधारण सभाले चालु आ.व.को लागि लेखापरीक्षकको नियुक्ति, सम्बन्धित आ.व.को लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन, र कार्यसमितिको छनौट गरेको निर्णयको माइन्युटको अध्यक्ष र सचिवले प्रमाणित गरेको प्रलिलिपि र सम्बन्धित आ.व.को वार्षिक कार्य प्रगति विवरण (Annual Report) ।

८. संस्थाको पान (PAN) दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाण पत्र ।

९. लेखा परीक्षकको इजाजतपत्र, पान नं. र नविकरण पत्रसमेत ।

१०. वैदेशिक सहयोगको कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषद्‌को कार्यक्रम स्वीकृत पत्र र कार्यक्रम अनुगमनको प्रतिवेदन, स्थानीय तह/ प्रदेश सरकारको कार्यक्रम संचालन गरेको भएमा सम्बन्धित स्थानीय तह/ प्रदेशको स्थलगत अनुगमन प्रतिवेदन र कार्यसम्पादन प्रतिवेदन सहितको सिफारिस ।

११. वालगृह संचालन सम्बन्धी संस्था भए वालगृह श-शुल्क वा नि:शुल्क सञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमनसहितको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्बन्धित स्थानीय तहको सिफारिस । साथै जिल्ला वालकल्याण समितिको सिफारिस पत्र ।

१२. नियमानुसार नविकरण दस्तुर ।



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

प्रशासन शाखा

गुनासो सुन्ने अधिकारी
डिल्ली बहादुर मंग्राती
पछिल्लो अपडेट गरिएको : 2083-03-09 09:54:33

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर .