नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा स्थायी वसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा (वंशज)
शुल्क
रु.१०।- को हुलाक टिकट ।
लाग्ने समय
प्रमाण पुगेमा पेश भएकै दिन ।
कागजातहरु
- सम्बन्धित वडा कार्यालयबाट फोटोसमेत प्रमाणित गरिएको नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची-१ को आवेदन फाराम ।
- आमाको नेपाली नागरिकताको प्रमाण पत्र; मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण पत्र ।
- नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची-४क. बमोजिमको स्वघोषणा (निवेदकले) र नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची-४ख. बमोजिमको स्वघोषणा (आमाले) ।
- निवेदकको सक्कल जन्म दर्ताको प्रमाण पत्र ।
- स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालसालै खिचिएको २.५ से.मि.*३ से.मि. साइजको स्तरीय फोटो २ प्रति (रातो background नभएको) ।
- आमाको सनाखत सिफारिस पत्र ।
- शैक्षिक योग्यताको प्रमाण पत्र ।
- आमा र सन्तानको फोटोसहितको नाता प्रमाणित प्रमाण पत्र ।
- बसाइ-सराइ गर्नेहरूको हकमा बसाइ–सराइ दर्ता प्रमाण पत्र र जग्गाधनी लालपुर्जा/विद्युत/खानेपानी/भूमिहीन निस्सा ।
- निवेदकको जन्म नेपालमा भई नेपालमा नै स्थायी वसोवास गर्दै आएको र निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको सम्बन्धित वडा कार्यालयको किटानी सिफारिस ।
- निवेदकको आमाको होस ठेगान नरहेकोमा स्वीकृत चिकित्सकले गरेको सिफारिस ।
- सम्बन्धित वडा कार्य समितिको बैठकको निर्णय । ("निजको बाबुको पहिचान नभएको निजको जन्म नेपाल मै भई नेपाल मै स्थायी वसोवास रहको हुँदा निजलाई नागरिकता प्रमाणपत्र उपलब्ध गराइदिन सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयलाई अनुरोध गर्ने" व्यहोराको निर्णय) ।
- वडा सर्जमिन मुचुल्का ।
- प्रहरी सर्जमिन मुचुल्का ।
