2077-11-18
2077-11-18
जिल्ला प्रशासन कार्यालय उदयपुरको शाखाको रुपमा इलाका प्रशासन कार्यालय मिति २०७०।०३।१३ मा स्थापना भई सदरमुकामबाट पश्चिम-उत्तर भेगका कटारी, ताप्ली, उदयपुरगढीका नागरिकलाई सेवा प्रवाह गर्ने उद्देश्यले जिल्लाकाे दाेस्राे व्यापारिक केन्द्र कटारीबाट सेवा प्रवाह गर्दै आएको छ । यस कार्यालयले प्रमुख जिल्ला अधिकारीबाट प्रत्यायाेजित अधिकार बमोजिम नयाँ तथा प्रतिलिपी नेपाली नागरिकताको प्रमाण पत्र वितरण, नागरिकताको प्रमाणपत्रको अभिलेख रुजु गरी द्रुत तथा साधारण राहदानीको सिफारिस, जनजाति,दलित ,मधेशी आदि प्रमाणित तथा फरक नाम प्रमाणित लगायत समय समयमा आफ्नाे कार्यक्षेत्र भित्र पर्ने बजारहरुको बजार अनुगमन, कार्यालय निरीक्षण, एवं तोकिएको अन्य कार्यहरु सम्पादन गर्ने गर्दछ ।
यस ईलाका प्रशासन कार्यालय, कटारीको सेवा क्षेत्रमा कटारी न.पा.वडा नं. १ देखि १४ नं वडासम्म साविक त्रिवेणी, कटारी, रिस्कु, सिरिसे, लिम्पाटार, सोरुङ्गछबिसे, हर्देनी, मयाँखु, लेखानी / उदयपुरगढी गा.पा.का वडा नं. १, २, ३ साविक तावाश्री , बर्रे गा.वि.स र ताप्ली गा.पा.का वडा नं., १, २, ४, ५ ओख्ले,लेखगाँउ, ठानागाँउ, रुपाटार गा.वि.स पर्दछन् ।
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, कटारी, उदयपुर .